मेयर्स फोरमको बैठकमा चिरिबाबुसँग झोक्किदै बालेनले छोडे बैठक

Bhugolpark

१६ कार्तिक, २०८०,१६:१९

१६ कात्तिक, काठमाडौँ । बुढानीलाकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोटमा मंगलबार दिउँसो एक बैठकमा ‘मेयर्स फोरम’को बैठकमा चिरिबाबुसँग झोक्किदै बालेनले बैठक छोडेका थिए ।

सोहि विषयमा भूगोल पार्कका समाचारदाता करुण सिंह बराईलीले गर्नुभएको कुराकानिका सम्पादित अंश :

“पछिल्लो समयमा १७ वटा नगरपालिकाले कुनै प्राईभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको हैन । नेता ज्यूहरूले त देशनै बेचिसक्न खोज्नु भो, तर काठमाडौँ महानगर बिक्रिमा छैन । तपाईहरूले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिन्छ ।” भनेर दिएको अभिव्यक्ति प्रति तपाईहरूको धाराण के भनेर प्रश्न सोध्दा अधिकांशको विचारमा के रह्यो भने पहिलो कुरा उहाँ जत्तिको व्यक्तिले मर्यादा क्रम भंग गर्नुहुन्थेन भन्दै उहाँले काठमाडौँ महानगरको प्रमुख मात्र नभएर सींगो नेपाली युवा जमातको आईडल र आशा भरोशाको केन्द्र पनि भएकोले पछिको पुष्ताको लागि पाठ सिकाउँनु पर्ने पनि भएकाले राम्रो हो जस्तो लग्दैन भनेका छन् ।

केही व्यक्तिहरूले भने उहाँ रिसाएर हिड्नु र यो किसिमको अभिव्यक्ति दिनु एकदमै जाएज छ । यो किन पनि जाएज छ भने नेपवेष्ट भन्ने कम्पनीलाई पहिलो बैठकमानै काठमाडौँ उपत्यकाको संयुक्त रुपमा फोहोर व्यवस्थापनमा जिम्मा नदिने भनेर निर्णय पारित हुँदा-हुँदा पनि किन यो विषय पुन : उठान गरिएको हो ? भन्दै मेयर्स फोरमले गर्नुपर्ने काम नगरी कन अनावश्यक विवाद सृजना गरेको भनेका छन् । काठमाडौँको मेयर बालेनमात्र स्वतन्त्र भएको र १६ ओटा नगरपलिको मेयरहरू कुनैन कुनै पार्टीका भएको कारणले उनले “आफूलाई स्वतन्त्र रुपमा काम गर्न नपाएको भन्ने अभिव्यक्ति न्यायोचित देखिने भनेका छन् ।



238 Views

Comments