१४ कात्तिक, काठमाडौँ । नेपालीहरूको महान चाड विजयादशमी २०८० को घटस्थापना सुरुभएसँगै काठमाडौँमा रहेका विभिन्न शक्तिपीठहरूमा नवदुर्गा भवनीको पूजा आराधना गर्ने भक्तजनहरूको घुइचो लाग्ने गरेको थियो ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका साथ बिहानदेखिनै भिडभाडका साथ पूजाअर्चना गर्नेहरूको भिड लाग्ने गर्छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गदर्छन् ।
दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ ।
पशुपतिनाथमा रहेको गुज्यहेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्सालभगती, कालिकास्थान, शोभाभगवती, तलेजुभगवती, विजेश्वरी, इन्द्रायणी लगाएतका मन्दिरमा बिहानदेखिनै भक्तजनहरू लामबद्ध भएर भिडभाडका बीच पूजाआजा गरेका देखिन्छन् ।
पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता बडादसैँमा जनता खुशीसँगै आहात भएको विषयमा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको थियो ।
बडादसैँमा जनता खुशीसँगै आहातमा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामु पुगोस भन्ने हेतुले गत हप्ता भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको हो ।
उक्त पोलको ८ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
हामीले यसै विषयमा पहिलो प्रश्न राष्ट्र बैंकको तथ्याङ्क हेर्दा खाद्य तथा पेय पदार्थमा १४.४२ र मरमसलामा १२.५० प्रतिशत मूल्यवृद्धि किन भएको होला ? भनि सोधिएका थियौँ । जसमा ५७.१४ प्रतिशतले तस्करी, कालोबजारी र बिचौलियाले चलाएको मुलुक भएकाले ०.० प्रतिशतले अन्तर्राष्ट्रिय बजारभाउ बढेकाले, ०.० प्रतिशतले संघीयतामा साधारण खर्च बढेकाले ०.० प्रतिशतले नियामक निकायको अनुगमन देखावटी मात्र भएकाले, ३५.७१ प्रतिशतले भ्रष्ट सरकारको व्यापारी र विचौलीयासँग साठगाँठ भएकाले र ७.१४ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा दोस्रो प्रश्न चाडबाडमा नै किन बजारभाउ असाध्यै महँगो भएको होला ? भनि सोधिएका थियौँ । जसमा ५०.० प्रतिशतले भ्रष्ट सरकारको व्यापारी र विचौलीयासँग साटगाँठ भएकाले , २१.४३ प्रतिशतले व्यापारी र बिचौलीयाहरूले खाद्यान्नमा कृतिम अभाव सृजना गरेकाले, १४.२९ प्रतिशतले तस्करी, कालोबजारी र बिचौलियाले चलाएको मुलुक भएकाले, ०.० प्रतिशतले अन्तर्राष्ट्रिय बजारभाउ बढेकाले, १४.२९ प्रतिशतले नियामक निकायको अनुगमन देखावटी मात्र भएकाले र ०.० प्रतिशतले खै, मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा तेस्रो प्रश्न बडादसैँमा किन हरेक वर्ष हवाई र बस भाडा महँगो भएको होला ? भनि सोधिएका थियौँ । जसमा ५०.० प्रतिशतले भ्रष्ट सरकारले विचौलीयासँग साठगाँठ भएकाले, १४.२९ प्रतिशतले निजी बस र निजी विमान सेवाको दबदबा भएकाले, ३५.७१ प्रतिशतले नियामक निकायको अनुगमन देखावटी मात्र भएकाले, ०.० प्रतिशतले खै, मलाईं थाहाभएन र ०.० प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा चौथो प्रश्न बडादसैँमा पशुपन्छीको वली दिने प्रथा तपाईलाई कस्तो लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ५७.१४ प्रतिशतले सनातनदेखि चलिआएको परम्परा भएकाले ठिक लाग्छ, ४२.८६ प्रतिशतले धर्मको नाममा पशुपन्छीको वली दिनु बेठिक लाग्छ र ०.० प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा पाँचौँ २१औँ शताब्दीमा महिनावारी भएका महिलाहरूले पुरुषलाई छुन र मठमन्दिर जान हुँदैन भन्ने प्रथाको अन्त्य हुनुपर्छ वा पर्दैन ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ६४.२९ प्रतिशतले अन्त्य हुनुपर्छ, २१.४३ प्रतिशतले सनातनदेखि चलीआएको चलन भएकाले अन्त्य हुनुहुदैन र १४.२९ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा छैटौँ यसपालिको बडादसैँमा तपाई के एउटा राम्रो कामको थालनी गर्दै हुनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा २८.५७ प्रतिशतले म फजुल खर्च कम गर्छु, ७.१४ प्रतिशतले मद्यपान-धुम्रपान त्याग्छु, ३५.७१ प्रतिशतले परिवारलाई समय दिन्छु, २८.५७ प्रतिशतले पशुपंक्षीको वली नदिएर मेवामिष्ठान खाएर बडादसैँ मनाउँछु र ०.० प्रतिशतले जुवातास खेल्न छोड्छु भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा सातौँ अधिकांश हिन्दुहरूले मान्ने चाडलाई मात्र किन मुख्य चाड भनिएको होला ? भनि सोधिएका थियौँ । जसमा ५७.१४ प्रतिशतले नेपाल हिन्दुहरूको वाहुल्य भएको देश हुनाले हो, ३५.१७ प्रतिशतले सनातनदेखि चलिआएको परम्परा भएकाले हो, ०.० प्रतिशतले जनजातिहरू सोझासिधा हुनाले हो, ७.१३४ प्रतिशतले सर्वमान्य चाडको विषयमा जनमत संग्रह गरिनुपर्छ र ०.० प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।
हामीले यसै विषयमा आठौँ मुलघरमा टिका लगाउँदा दसैँमा कति जनाको हातबाट टिका लाउँनु हुन्छ ? भनि सोधिएका थियौँ । जसमा ४२.८६ प्रतिशतले ५ जना वा सो भन्दा मुनि, २१.४३ प्रतिशतले १० जना वा सो भन्दा मुनि, २१.४३ प्रतिशतले २० वा सो भन्दा मुनिका, ७.१४ प्रतिशतले ३० वा सो भन्दा मुनि, ०.० प्रतिशतले र ७.१४ प्रतिशतले ५० जना वा सो भन्दा मुनि भनि अभिमत दिनुभएको थियो ।
Comments