३ कात्तिक, काठमाडौँ । नेपालीहरूको महान चाड विजयादशमी २०८० को घटस्थापना सुरुभएसँगै काठमाडौँमा रहेका विभिन्न शक्तिपीठहरूमा नवदुर्गा भवनीको पूजा आराधना गर्ने भक्तजनहरूको घुइचो लाग्ने गरेको छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका साथ बिहानदेखिनै भिडभाडका साथ पूजाअर्चना गर्नेहरूको भिड लाग्ने गर्छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गदर्छन् ।
दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ ।
पशुपतिनाथमा रहेको गुज्यहेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्सालभगती, कालिकास्थान, शोभाभगवती, तलेजुभगवती, विजेश्वरी, इन्द्रायणी लगाएतका मन्दिरमा बिहानदेखिनै भक्तजनहरू लामबद्ध भएर भिडभाडका बीच पूजाआजा गरेका छन । यस मध्येमा पनि भद्रकालीमा रहेको भद्रकाली मन्दिरमा र पशुपतिमा रहेको गुज्यश्वरी मन्दिरमा मध्यदिउँसोमा पनि भिडभाड र चहल पहल रहेको छ ।
विशेष गरेर भद्रकालीको मन्दिर परिसरमा भक्तजन र सवारी साधन पूजा गर्नेको संख्या मध्यदिउँसोमा पनि लाईनमा वसेका छन् । अन्य स्थानमा भने पूजाआजा गर्ने भक्तजनहरूको भिड निकैनै कम भएको छ ।
Comments