३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी (रसिया) निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले १,३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले १,२८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले १,२२५ मत पाए ।
उपाध्यक्षमा डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा.हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् ।
युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
Comments