केही समय अघिमात्रै 'स्वतन्त्र' शब्द लाई लिएर निकै ठुलो विवाद भएको थियो l जुन पत्रकार रवी लामिछानेले 'राष्टिय..." />
'स्वतन्त्र' शब्दबाटै धमाधम पार्टीहरु गठन हुदै

Bhugolpark

२९ श्रावण, २०७९,०७:३३

केही समय अघिमात्रै 'स्वतन्त्र' शब्द लाई लिएर निकै ठुलो विवाद भएको थियो l जुन पत्रकार रवी लामिछानेले 'राष्टिय स्वतन्त्र पार्टी' गठन गर्दा खेरिको समय थियो l तर अहिले फेरी 'स्वतन्त्र' शब्दकै प्रयोग गरेर साउन २८ गते राष्टिय सभा गृहमा अर्को पार्टी 'स्वतन्त्र राजनीतिक शक्ति नेपाल' गठन भएको छ l

साना दलहरु र केहि स्वतन्त्र उम्मेदवारका आकांक्षिहरु को मिलेमहत्वमा गठन भएको पार्टी 'एक्ला एक्लै होईन संगै हिडौ' भन्ने अभियानको साथ नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी लगाएतका अन्य बिभिन्न स्वतन्त्र अभियानताहरुको समझदारीमा 'स्वतन्त्र राजनीतिक शक्ति नेपाल' गठन भएको हो l उक्त नवगठित पार्टीले आगामि निर्वाचनमा 'आमा' चुनाव चिन्ह लिएर संगै जाने घोषणा गरेको छ l अहिलेको सन्दर्भमा नेपाली राजनीतिमा कुनै पनि नया दलको उदय हुनु नौलो कुरा भएन तर ती दलका मुख्य एजेण्डा के छन्, आफ्ना नीति तथा योजनाहरु प्रति कत्तिको गम्भीर छन् भन्नेकुरा चै महत्वपुर्ण हुन्छ l

नेपाल चेन्ज मेकर्स लिगले विभिन्न सम्भावित उम्मेदवारहरुसँग भेट गरी लिगको चालु अभियान " जनता को आवाज- आफ्नो उम्मेदवार छान्नु होस् “ लगायतका आगामी गतिविधिहरु बारे जानकारी गराएको छ ।


461 Views

Comments