कलङ्की खसी बजारमा व्यापार न्यून

Bhugolpark

२२ बैशाख, २०८१,१७:०४

१ कात्तिक, काठमाडौँ । अहिले नेपालीहरूको महान चाड वडादसैँ तथा दिपावली एकदमै नजिकिदै आएको छ । विषेश गरेर चाडपर्वको समयमा मिठा मिठा परिकार बनाएर खाने गरेको पाईन्छ । त्यसमध्येमा पनि बडादसैँ झन धेरै भन्दा धेरै प्रयोग गरिने खाद्य पदार्थ भनेको मासु नै हो । यो मासु विषेश गरेर पाहुना आउँदा वा घरमा कुनै विशेष खालको विशिष्ट व्यक्तित्वको आगमन हुदा मासुको परिकार बनाएर स्वागत गर्ने गरिन्छ ।

वडादसैँको समयमा अरुबेलाको भन्दा काठ्माडौँ एकदमै सुनसान हुने गरेको पाइन्छ । तै पनि, यहाँको मासुपसल एकदमै भिडड हुने गरेको पाइन्छ । आज हामी यही विषयसँग लक्षीत गरेर कलङकीमा रहेको नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रा.ली.ले सञ्चालन गरेको खसी बजारमा खसी बोकाको व्यापार कस्तो छ ?, गएको वर्षको दसैँको व्यापार र अहिलेको व्यापारमा के कस्ता भिन्नता छन् ?, नेपाल सरकारले तोकेको दर रेट अनुसारको उपभोत्ताले पाएका छन् कि छैनन् ? आदि विषयमा बुझ्न गएका थियौँ ।

हामी जव त्यस स्थानमा पुग्यौँ त्यहाँ खासै धेरै मानीसहरूको भिड भाड थिएन । अरु समयमा जस्तो किसिमको व्यापार हुने गर्थ्यो त्यहि शैलीमा व्यापार भएको थियो । त्यस स्थानमा रहेका व्यापारीहरूलाई हामीले किन यस्तो भएको हो भनेर वुझ्दा, यो वर्ष मन्दी भएको कारण बताएका छन् । जुन पहिलो सालको दसैँमा यो समयमा दैनिक २० देखि ४० को संख्यामा एकै पसल बाट व्यापार गर्ने गरेको पाइन्थ्यो भने अहिले दैनिक मुस्किलले ५ देखि १० को संख्यामा मात्र व्यापार गर्ने गरेको कुरा वताएका छन् ।

हामीले खसी बोकाको स्वास्थ्य अवस्था कस्तो छ भनेर सोध्दा नियमीत रुपमा भेटेनरीका कर्मचारीहरू आएर स्वास्थ्य आवस्था चेकजाँच गर्ने गरेको बताउँदै सिँगमा हरियो रंग लगाएको छ, त्यो चाहिँ खानको लागि प्रयोग योग्य भएको कुरा जानकारी गराएका थिए र हामीले पनि त्यही अवस्था हरेको पाएका छौँ । यही मौकामा खसी बोकाको कालो बजारी भएको छ की छैन भनेर हामीले छड्के चेक गर्दा तोकिएको मूल्य अनुसारनै व्यापार भएको पाएका छौँ भने अधिकांश व्यापारीहरूले नेपाल भित्रका मात्र खसी बोकाको व्यापार गरेको पाएका छौँ ।

अन्तमा हाम्रो निष्कर्ष के निस्कियो भने पहिलाको तुलनामा अहिले खासै व्यापार नभएको तथा नेपाल सरकारले तोकेको दर रेटमा नै व्यापार भएको साथै स्वस्थकर खसी बोकाको मात्र व्यापार भएको पाएका छौँ ।




513 Views

Comments