परोपकार र सामाजिक क्षेत्रमा सक्रीय शेरचनले दिए एनआरएनको उपाध्यक्षमा उम्मेद्वारी

Bhugolpark

१ कार्तिक, २०८०,१४:१८

१ कात्तिक, काठमाडौँ । परोपकारार र सामाजिक क्षेत्रमा सक्रीय रोबिन शेरचनले जापानलाई कर्मथलो बनाएका छन् । उनले एनआरएनको उपाध्यक्षमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) को एघारौं महाधिवेशनमा उम्मेदवारी दिएका छन् । शेरचनले आइसिसीको आगामी (२०२३–२०२५) कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महासभा मंगलबारबाट काठमाडौंमा सुरू भएको छ । तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को निर्वाचन गर्ने छ ।

शेरचन हालको कार्यसमितिमा एनआरएनए आइसिसी सदस्य छन् । सामाजिक उत्तरदायित्व सहितको निस्वार्थ परोपकारी कर्म, नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि अभियान लगायतका बिषयलाई उनले आफ्नो अजेन्डा बनएका छन् ।

शेरचनले आफूले आर्जन गरेका ज्ञान, अनुभव, सीपलाई प्रवासमा रहेका नेपाली र नेपालको लागि समपर्ण गर्ने संकल्प सहित उम्मेदवारी दिएको बताए । जापानमा बसेर गैरआवासीय नेपाली आन्दोलनमा सक्रिय शेरचनले भूकम्प, कोभिड लगायतका संकटहरूमा सक्रिय भएर योगदान दिएका छन् ।

महाधिवेशनमा आउँदो २ गते नयाँ नेतृत्वको चुनाव हुने छ । पहिलोपटक एनआरएनमा फेसियल भेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ ।

५९ देशका चार हजार २२७ जनाले महाधिवेशनमा मतदान गर्नेछन् एनआरएनएको सञ्जाल अहिले ८६ देशमा विस्तार भइसकेको छ ।

मनका धनी सामाजिक अभियन्ता रोबिन शेरचनलाई भारी मतान्तरले एनआरएनको उपाध्यक्षमा विजयी हुन सफल्ता मिलोस् भन्दै भूगोल पार्क परिवारको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्दछौँ ।



303 Views

Comments