पूर्व अरनिको यातायात सेवा समितिद्वारा जडिबुटीमा नयाँ बसपार्क सञ्चालन

Bhugolpark

३ जेष्ठ, २०८१,१४:०८

३० असोज, काठमाडौँ । पूर्व अरनिको यातायात सेवा समितिद्वारा जडिबुटीमा नयाँ बसपार्क सञ्चालनमा ल्याएको छ । आज हामीले अरनिको यातायात सेवा समितीको जडिबुटीमा रहेको नयाँ बस पार्कमा गएका थियौँ । त्यहाँको अवस्था कस्तो छ ?, समितिले नेपालीहरूको महान पर्व विजयदशमी तथा दिपावलीको अवसरमा के कसरी यात्रुहरूलाई यातायात सेवा प्रवाह गरेका छन् ? भन्ने विषयमा वुझ्न गएका थियौँ ।

समितिको प्रतिक्रिया कस्तो रह्यो भने “हामी अहिले यहाँबाट यात्रुहरूको लागि एकदमै सहज रुपमा यातायातको व्यवस्था गरेका छौँ । कुनै पनि बिचौलीयाको हावी हुन दिएका छैनौँ । हामीले चाबहिल, नारायणटार, जडिबुटीमाबाट सहज रुपमा टिकट वितरण गरेका छौँ । यात्रीहरूको लागि सहजहोस् भन्ने हेतुका साथ १ महिना अगाडिबाट नै टिकट बुकिग गरेका थियौँ । हामीले जुन पहिला जसरी टिकट वितरण गरेका थियौँ । त्यसैगरी नै अहिले पनि वितरण गर्ने गरेका छौँ । अहिले यो जडिबुटीमा नयाँ बसपार्क निर्माण भएर सञ्चालनमा आएसँगै यात्रुको लागि निकै नै सहज भएको छ ।”

भाडामा कुनै पनि तरीकाले ठगी गरेको थाहा पाएमा वा भेटिएमा समितिले कडा भन्दा कडा कारवाही गर्ने बताउँदै विगतमा पनि नियम विपरित चर्को भाडा असुल्नेलाई कडा कारवाही गरेको स्मरण गराउँनुभयो । समितिले यात्रुहरूको लागि भनेर बिहान ५ बजे देखी बेलुका ९ बजे सम्म टिकट वितरण गर्ने गरेका छौँ ।




173 Views

Comments