कांग्रेसका केदार कार्की पार्टीभित्र विद्रोह गर्दै बने कोशीको छैटौँ मुख्यमन्त्री

Bhugolpark

२६ बैशाख, २०८१,१४:३४

२७ असोज, मोरङ । नेपाली कांग्रेसभित्र विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा शनिवार नियुक्त भएका छन् । उनले आइतवार पद तथा गोपनीयताको सपथ खानेछन् । गठबन्धन दलले माओवादी नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री सघाउँने निर्णयपश्चात उनी कांग्रेसका विद्रोही समुहको ८ र एमालेका ३९ सभासदको समर्थनमा मुख्यमन्त्री भएका हुन ।

माओवादीका नेता इन्द्रबहादुर आङ्बोलाई कांग्रेसको २९, माओवादीका १३, नेकपा (एस)का ४ र जसपाका १ सांसदको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । तर शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सोही पार्टीका अर्का नेता डा शेखर कोइरालाबीच मुख्यमन्त्रीमा केदार कार्की सहमति भएको थियो ।

यसै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।”

हाम्रो गठबन्धन कायम रहने भन्दै उहाँले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहोर्याउनुभयो । अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउनुभयो ।



286 Views

Comments