पछिल्लो समय फेरी नेपालमा कोरोना संक्रमण बढे संगै नेपाल कम्युनिष्ट पर्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधप कुमार नेपाल पनि..." />
नेपाली राजनीतिका सक्रिय खेलाडी 'माधप नेपाल'लाई कोरोना संक्रमण

Bhugolpark

७ बैशाख, २०८१,०५:४५

पछिल्लो समय फेरी नेपालमा कोरोना संक्रमण बढे संगै नेपाल कम्युनिष्ट पर्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधप कुमार नेपाल पनि कोभिड-१९ बाट संक्रमित हुनुभएको छ l अहिले अध्यक्ष-नेपाल आफ्नै निवास मा आराम गरेर बसेको आफ्नो अफिसियल फेसबुक पेज मार्फत जानकारी गराउनु भएको छ l

हेर्नुहोस्, जस्ताकोतस्तै माधप कुमार नेपालको फेसबुक स्टाटर्स : आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।

कोभिड संक्रमण जोकोही लाई पनि हुन सक्ने भएकाले यदि तपाइले अझै कोभिड-१९ विरुद्दको खोप लगाउनुभएको छैन भने खोप लगाउनुहोस, आफ्ना साथीभाई छरछिमेक सबैलाई भन्नुहोस, स्वास्थ्य मापदण्डका उपाए हरुलाई सधै आत्मासाथ गर्नुहोला l


178 Views

Comments