बजार अनुगमन तिव्र

Bhugolpark

२४ आश्विन, २०८०,१७:०५

असोज २४, काठमाडौँ । अधिकांश नेपालीहरूले दुई छाक खाना कै लागि संघर्ष गर्नुपरिरहेको वर्तमान परिपेक्षमा झन नेपालीहरूको महान चाड विजय दशमी, दिपावली र छटको पूर्वसन्ध्यामा व्यापारीहरूले गर्ने गरेको कृत्रिम मूल्य बृद्धि र नियामक निकायको फितलो अनुगमनले नेपाली जनताले अपेक्षा गरेझैँ मूल्यवृद्धि नियन्त्रण हुनसकेको छैन् । यसै विषयमा भूगोल पार्कका समाचारदाता करूण सिंह बराईलीले बजार अनुगमनकर्तासँग गरेको कुराकानीका सम्पादित अंश :

भूगोल पार्क : बजार अनुगमनको मुख्य उपलव्धी के के हुन त ?

अनुगमनकर्ता : बजार प्रणालीलाई प्रभावकारी बनाउन बजारको कच्चा पदार्थको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डारण र वितरण सहित अनुगमन तथा नियमन शृङ्खलालाई सबल बनाउन आवश्यक मानिन्छ । नेपाली बजार प्रणालीमा बजार अनुगमनलाई संस्थागत र व्यवहारिक रूपमा आंशिक मुलप्रवाहीकरण भएको र सबैको प्राथमिक चासोको विषय पनि रहेको पाइन्छ । नेपालको वर्तमान अर्थतन्त्रलाई समेत प्रभावकारी बनाउँदै बजारबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न, उपभोक्ताहरूलाई संवैधानिक अधिकार प्रत्याभूति गर्न र उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने हानी, नोक्सानी र जोखीम बापत क्षतिपूर्ति उपलब्ध गराउन उपभोक्ता संरक्षण सम्बन्धी संवैधानिक कानुनी व्यवस्थाहरूको विकास र विस्तार हुँदै आएको छ । यहि कुरालाई ध्यानमा राख्दै नेपालको विद्यमान अर्थतन्त्रले खुला र प्रतिस्पर्धात्मक बजारको स्थापना गर्ने मान्यताका साथ यो बजार अनुगमन गरिएको हो । 

भूगोल पार्क : बजार अनुगमन गर्न किन अपरिहार्य छ ?

अनुगमनकर्ता : बजार अनुगमनलाई प्रभावकारी बनाउन संसदीय समिति र नेपाल सरकारबाट नजिकिँदै आइरहेको प्रमुख चाडपर्वहरूमा कृत्रिम अभाव, अश्वभाविक मूल्यवृद्धि, गुणस्तरहीन माल वस्तुको किनबेच भई हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न र उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सघाउ पुयाराउते हेतुका साथ बजार अनुगमन गरिएको हो । नेपाली बजारको विगतको प्रवृत्तिलाई हेर्दा प्रमुख चाडपर्वहरूमा तुलनात्मक रूपमा बजार बढी चलायमान भएको पाइन्छ भने बजार बढी चलायमान भएकै अवस्थामा कालोबजारीको क्रियाकलापहरू पनि बढी भएको पाइन्छ ।

भूगोल पार्क : बजार अनुगमन गर्दा के के गर्ने गरेको छ ?

अनुगमनकर्ता : जिल्ला प्रशासन कार्यलय ललितपुरले बजार अनुगमन गर्दा वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, मिसावट, भण्डारण, लेवलिङ्ग, प्याकेजिङ्ग, सरसफाइ र म्याद रहे नरहेको आदि विषयमा चेकजाँच गरेको पाइन्छ । अनुगमन समितिले बजारमा स्वच्छ बजार व्यवस्थापनलाई सबल बनाउन व्यवसायीहरुलाई राय सल्लाह सुझावहरू उपलब्ध गराएको र व्यवसायमा भएको गल्ती एवम् कमजोरीका आधारमा न्यूनतम जरिवाना समेत गरेको पाईन्छ ।

अनुगमनका नतिजा 

बजार अनुगमन कार्यले विगतका कालोबजारी सम्बन्धी उजुरी तथा मुद्दाका आधारमा बजारमा कृत्रिम अभाव, कार्टेलिङ, सिन्डिकेट एवम् कालोबजारी हुन रोकिएको,स्वच्छ बजार सम्बन्धी आम उपभोक्ताहरू र सरोकारवालाहरुलाइ प्रचारप्रसार तथा सचेतना फैलिएको,खाद्यान्न तथा खाद्यपदार्थको मूल्य सूची राख्ने,खाद्य र अखाद्य बस्तु अलग अलग स्थानमा राख्ने,म्याद नसकियका सामग्री मात्र राखिएको, अखाद्य बस्तु मिसावट न्यूनीकरण हुने, तौलको मात्रा भएको र भण्डारमा सरसफाइको अवस्था सुधार भएको र बजार अनुगमनमा उद्योगी तथा व्यावसायीहरुमा कानुन पालना भई आम उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न सहयोग पुगेको छ ।




317 Views

Comments