बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सार्वजनकि जग्गामा..." />
मन्त्रि श्रेष्ठको चेतावनी - भूमाफियाको मुट्ठीमा पुगेका सबै सरकारी जग्गामा डोजर चलाइने !

Bhugolpark

७ बैशाख, २०८१,०४:२६

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सार्वजनकि जग्गामा सम्झौता र नक्सापास स्वीकृत बेगर बनाएको संरचना हटाउन लागि पर्नुभएको छ l

नर्भिकको ‘केस’ टुंगोमा पुगेपछि शक्तिशाली भूमाफिया हडपेको सार्वजनिक जग्गामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह एक ठाउँमा उभिनु भएको हो । श्रेष्ठले मेयर शाहसमक्ष काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर भूमाफिया इन्द्र कुमार चाम्लिङ र युवराज प्रसाईहरुले हडपेको संरचनामा डोजर चलाउन ध्यानाकर्षण गराउनु भएको छ । पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाहबीच चाँडै भूमाफिया इन्द्र चाम्लिङ, युवराज प्रसाई, अष्टमान महर्जनलगायतले हडपेको जग्गामा डोजर चलाउने सहमति भएको हो । काठमाडौंको बुद्धनगरमा भूमाफिया जेएन तण्डुकार,बबरमहलमा भूमाफिया दिपक मल्होत्राले सरकारी जग्गा हडपेर बनाएको संरचनामा डोजर लगाएका पर्यटनमन्त्री श्रेष्ठले भूमाफिया इन्द्र चाम्लिङलगायतले हडपेर बनाएको संरचनामा डोजर लगाउने बताउनु भएको छ । नर्भिक अस्पतालले कौडीको भाउमा सरकारी जग्गा भाडामा लिएर नक्सापास स्वीकृत बेगर र सम्झौताविपरीत बनाएको संरचना हटाउन पर्यटनमन्त्री श्रेष्ठ निकै अगाडिदेखि सक्रिय रहँदै आउनु भएको छ । उहाकै  सक्रियताले नर्भिकको बदमासी बाहिर आएको सहजै अनुमान गर्न सकिन्छ ।

सार्वजनिक जग्गा हडपेर बनाइएका संरचनामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह सहकार्य गर्न सहमत हुनुभएको हो ।  काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारलाई साक्षी राखेर भूमाफियाविरुद्ध एकजुट भएर उभिन सहमत हुनुभएको छ ।


126 Views

Comments