एसियाली खेलकुदमा रजत पदक जितेकी एरिकासहितका खेलाडीहरूको विमानस्थलमा भव्य स्वागत

Bhugolpark

१५ बैशाख, २०८१,१५:२६

असोज २३,काठमाडौँ । १९औँ एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू फर्किएका छन् । मंगलबार मध्यान्हमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई भव्य स्वागत गरिएको हो । नेपालले एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ ।

१९औँ एसियाली खेलकुदमा नेपालका लागि कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी थिइन । पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो कांस्य पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

सविताले जितेको त्यो पदक एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले जितेको पहिलो रजत पदक थियो । यसका अतिरिक्त २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।

त्यसपछि कराँते एसियाली खेलकुदमा देशका लागि रजत पदक जित्ने तेस्रो खेल बनेको छ । एसियाली खेलकुदमा नेपाली कराँते खेलाडीले यसअघि कांस्य पदकमात्र जित्न सकेका थिए । त्यसैले यो पदक नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ । 

यसैगरी चीनमा जारी एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।



255 Views

Comments