राजनीतिक दल र आर्थिक विकास

१९ आश्विन, २०८०,०९:३४

१९ असोज, काठमाडौँ । सर्वोच्च नेता गणेशमान श्रेष्ठको नेतृत्वामा कांग्रेस र वामपन्थी पार्टीहरूको सहकार्यमा २०४६ सालमा जनआन्दोलन भयो र उक्त जनआन्दोलनको जगमा २०४७ सालमा नेपाल अधिराज्यको संविधान २०४७ सालमा संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो ।

माओवादीले २०५२ सालमा संवैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको विरुद्धमा सशस्त्र जनयुद्ध गर्दा सरकार र माओवादी पक्षबाट करीव १७ हजार होनाहार नेतालीले जीवन आहुती दिए । २०६२ सालमा ७ दलीय गठबन्धन र नेकपा माओवादीबीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो।

नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले,नेपाल सद्भावना पार्टी, संयुक्त जनमोर्चा, राप्रपा, नेमकिपालगायत ७ दल थिएभने २०६२ सालमा माओवादी पनि मुलधारको राजनीतिक पार्टीमा आयो ।

२०६२/६३ मा केही मधेशवादी नेताहरूले मधेशीहरूको हकहीतको लागिभन्दै विभिन्न पार्टीहरू खोले । हाल उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्त ठाकुरको लोकतान्त्रीक समाजवादी पार्टी अस्तित्वमा छ ।

२०६२/६३ मा देशव्यापी रूपमा आन्दोदन भयो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।

आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाखमा सुम्पिए ।

२०७९ सालको निर्वाचनमा आइपुग्दा दलहरूले जनअपेक्षा अनुसार डेलीभरी गर्न नसकेकाले हुनुपर्छ रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा सिके राउतको पार्टी जनमत पार्टी र रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ती पार्टीहरूलाई समेत जनताले भारी मतले निर्वाचित गरिपठाएका छन् ।

 

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता कुन पक्षमा कुन राजनीतिक दल ठिक ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

राजनीतिक दल र आर्थिक विकासको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता कुन पक्षमा कुन राजनीतिक दल ठिक ? भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा २९,६६६ भिवर्स रहेका थिए भने २,५९२ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ८ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

भूगोल पार्कले प्रभावकारी शासन गर्ने दल, दलको सिद्धान्त र विचारधारा, प्रभावकारी सरकारको नेतृत्व गर्ने दल, कल्याणकारी र परोपकारी दल, सुशासन र भ्रष्टचार विरुद्ध उत्तम नीति, व्यापार र अर्थतन्त्रमा उत्तम नीति, राष्ट्रियता र देशको सुरक्षा नीति, र अर्को चुनावमा जनताको अभिमतका विषयमा संक्षिप्तमा चर्चापरिचर्चा गर्दै तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेका छौँ ।

प्रभावकारी शासन गर्ने दल

नेपालमा गरिब निमुखा सोझासिधा जनताहरू, नागरिक समाज कर्मचारी वुद्धिजीवी आदिको वलबुतामा विभिन्न कालखण्डमा देशमा राजनीतिक क्रान्तिहरू सफल भए । जनआन्दोलन, मधेश आन्दोलन र माओवादी शसस्त्र द्वन्द्वका कारण देशका होनाहार सपुतहरूले देश र जनताको लागि निश्वार्थ भावनाले जीवनको आहुति दिए । देशमा दलहरूले राजनीतिक व्यवस्था त परिवर्तन गरे तर जनताको अवस्था परिवर्तन भएन यानी देशमा आर्थीक क्रान्तिका लागि दलहरू तयार भएनन् । उनीहरू राजनीतिक तिकदम गरेर सत्ता र शक्तिका लागि अपवित्र गठबन्धन गर्न लागे ।

हामीले यसै विषयमा पहिलो प्रश्न कसलाई शासनमा प्रभावकारी मान्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ६.६१ प्रतिशतले नेपाली कांग्रेस, ८.२९ प्रतिशतले नेकपा (एमाले), २६.५ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३३.६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १२.४६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.५८ प्रतिशतले जसपा, ०.८९ प्रतिशतले जनमत, ०.२३ प्रतिशतले नेकपा (एस), ०.१५ प्रतिशतले नागरिक उन्मुक्ति, ३.२ प्रतिशतले स्वतन्त्र, ०.५८ प्रतिशतले अन्य पार्टी, ०.८१ प्रतिशतले म भन्न चाहन्न,  र ५.९८ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

दलको सिद्धान्त र विचारधारा

नेपाली कांग्रेस दुई राजनीतिक दल नेपाली राष्ट्रिय कांग्रेस र नेपाल लोकतान्त्रिक पार्टीबीच बि. सं.२००६,चैत्र २७ गते पार्टी एकताकता भएको थियो ।यस पार्टीको मार्गनिर्देशक सिद्धानत राष्ट्रियता लोकतन्त्र र समाजवाद हो ।यो पार्टी जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालको लागि विगत सात दसकदेखि कार्य गर्दै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख १० भएको थियो ।नेकपा एमाले माक्सवाद-लेनिनवादल र जनताको बहुदलीय जनवाद हो । ने पाली समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीयलगायत सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै अघि बढ्ने क्रममा जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद विकास भएको हो ।

२०७३ साल जेठ ६ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) यस पार्टीको मार्ग दर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद हो । पार्टीले आजको समाजमा रहेका वर्गहरुको अस्तित्व, वर्गहरू बीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवम् मुख्य आधार मान्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टी मार्गनिर्देशक सिद्धान्त २०७९ असार ७ गते भएको थियो । दल संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको छ।यस दलले यसको कुनै पनि भ्रातृ सङ्गठन र कार्यकर्ताहरू नहुने घोषणा गरेको थियो। दलले नेपालका सातै प्रदेशका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीलाई पनि समर्थन गर्दछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना २०४७ सालमा भएको थियो ।नेपालको एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो। यसलाई पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दद्वारा गठन गरिएको थियो। राष्ट्रिय पञ्चायत समाप्त पश्चात् दुई प्रधानमन्त्री थापा र चन्दले यसको नेतृत्व दुई-दुई गरिसकेका छन् ।

जनता समाजवादो पार्टी (जसपा) २०६२/६३ को मधेश आन्दोलनको जगमा यस पार्टीको जन्म भएको हो । आरक्षण लागि आन्दोलन गरेका पार्टीहरूको मागसमेत लागू भईसकेको छ । त्यसको फाईदा आम मधेसी, आदिवसी-जनजाती, पिछडवर्ग, महिला, मुश्लिमले लिईरहेका छ्न। राज्यसत्तामा ती समुदायको पहुच सुनिश्चित भएको छ ।

 जनमत पार्टी नेपालको तराई क्षेत्रका २२ जिल्लाको प्रतिनिधित्व गर्ने गरी ५० जना प्रतिनिधिको अगाडि १७-१८ मार्चसम्म दुई दिने सम्मेलनपछि १८ मार्च २०१९ मा पार्टीको स्थापना भएको हो। लोकतान्त्रिक समाजवाद गणतन्त्रवाद र मधेसी अधिकार भन्ने विचारधाराबाट प्रेरित पार्टी हो । 

साना दलहरूमा नेकपा एमालेबाट फुटेको नेकपा (एस) को सिद्धान्द एमालेसँग मिल्छ । संयुक्त जनमोर्चा र नेमकिपाहरू कम्युनिष्ट भएकोले उनीहरूको सिद्धान्त वर्गीय हित गर्ने भन्ने रहेको छभने महन्त ठाकुको लोसपा र रेशम चौधरिको नागरिक उन्मुक्ति पार्टीहरूको सिद्धान्त मधेसीहरूको हक हित गर्नुरहेको छ ।

हामीले यसै विषयमा दोस्रो प्रश्न कसको सिद्धान्त र विचारधारा मन पर्छ ? भनि सोधिएका थियौँ । जसमा ८.४५ प्रतिशतले नेपाली कांग्रेस, ८.२९ प्रतिशतले नेकपा (एमाले), २६.१२ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३१.४८ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १५.१६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.१५ प्रतिशतले जसपा, १.०८ प्रतिशतले जनमत, ०.३५ प्रतिशतले नेकपा (एस), ०.१५ प्रतिशतले नागरिक उन्मुक्ति, २.३९ प्रतिशतले स्वतन्त्र, ०.३५ प्रतिशतले अन्य पार्टी, ०.७७ प्रतिशतले म भन्न चाहन्न,  र ४.२४ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

प्रभावकारी सरकारको नेतृत्व गर्ने दल

सुशासन र भ्रष्टचारको मामिलामा प्रधानमन्त्री प्रचण्ड सरकारको पालामा नक्कली भुटानी शरनार्थी प्रकरण काण्ड, बालुवाटार काण्ड, त्रिभुवन विमानस्थल वाहिरबाट करिव १ क्विन्टल सुन जफत काण्ड आदि काण्डहरूमा सरकारी तहका उच्चपदस्थ कर्मचारी र हेभी ओइटका नेता-तिनका छोराहरू समातिनुले प्रधानमन्त्री प्रचण्ड बुरु सरकार छोडन सक्लान तर भ्रष्टचारीहरूलाई छोड्ने छैनन् भन्ने भान जनमानसमा परेकोले गर्दा प्रभावकारी सरकारको नेतृत्व गर्ने दल नेकपा माओवादीलाई भन्न सकिन्छ ।

भला उहाँले माओवादी पार्टीका नेताहरूको विभिन्न काण्डमा प्रत्यक्ष संलग्नताको एथेष्ट प्रमाण हुदा पनि नसमाएको भन्ने एमाले माओवादी वृतमा चर्को आक्रोश भएको कुरा बेलाबखत संसद बैठकमा सुन्न र देख्न पाइएको छ ।

हामीले यसै विषयमा तेस्रो कसले सरकारको नेतृत्व गरेको हेर्न चाहनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ६.१७ प्रतिशतले नेपाली कांग्रेस, ८.०६ प्रतिशतले नेकपा (एमाले), २६.३९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३७.२७ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १२.७७ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.१९ प्रतिशतले जसपा, १ प्रतिशतले जनमत, ०.२३ प्रतिशतले नेकपा (एस), ०.१५ प्रतिशतले नागरिक उन्मुक्ति, ३.५१ प्रतिशतले स्वतन्त्र, ०.४६ प्रतिशतले अन्य पार्टी, ०.६२ प्रतिशतले म भन्न चाहन्न,  र ३.१६ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

कल्याणकारी र परोपकारी दल

रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले जनताबाट भारी मतान्तरले अनुमोदित चौथो ठूलो पार्टी भएर पनि सत्ता लिप्सामा नलागी अनवरत रुपमा सडक र सदनमा सुशासन र भ्रष्टाचारमा ओकालत गरेको कारण र कांग्रेस-एमाले पटक पटक सत्तामा पुगेपनि जनअपेक्षाअनुसार काम नगरेकाले हुनुपर्छ सो पार्टीप्रति जनताको झुकाव बढ्दै जानसक्ने देखिन्छ । माओवादीले विगतमा जेजस्तो गरेपनि यस पटक सुशासन र भ्रष्टचारको पक्षमा जनअपेक्षाअनुसार काम गरेकाले जनताबाट स्याबासी पाएको छ भने भ्रष्टहरू अहोरात्र सरकार गिराउँन लागि परेका छन् ।

हामीले यसै विषयमा चौथो प्रश्न कल्याणकारी र परोपकारी राष्ट्रको लागिको ठिक ? भनि सोधिएका थियौँ । जसमा जसमा ७.०२ प्रतिशतले नेपाली कांग्रेस, ८.५६ प्रतिशतले नेकपा (एमाले), २६.०८ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३३.२६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४.३९ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.२३ प्रतिशतले जसपा, १.०४ प्रतिशतले जनमत, ०.२३ प्रतिशतले नेकपा (एस), ०.१९ प्रतिशतले नागरिक उन्मुक्ति, ३.५१ प्रतिशतले स्वतन्त्र, ०.२७ प्रतिशतले अन्य पार्टी, १.२३ प्रतिशतले म भन्न चाहन्न,  र ३.९७ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

सुशासन र भ्रष्टचार विरोध उत्तम नीति

सुशासन र भ्रष्टचार विरोध उत्तम नीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो र नेकपा (माओवादी केन्द्र) दोस्रो र राजावादीहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो पार्टी बन्न पुगेको हो ।

हामीले यसै विषयमा पाँचौँ कसको सुशासन र भ्रष्टचार विरोध नीति उत्तम छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमाजसमा ५.३२ प्रतिशतले नेपाली कांग्रेस, ६.७५ प्रतिशतले नेकपा (एमाले), २६.८१ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३७.४६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १३.४६ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.१५ प्रतिशतले जसपा, १.१२ प्रतिशतले जनमत, ०.२३ प्रतिशतले नेकपा (एस), ०.१५ प्रतिशतले नागरिक उन्मुक्ति, ३.०१ प्रतिशतले स्वतन्त्र, ०.१२ प्रतिशतले अन्य पार्टी, ०.७३ प्रतिशतले म भन्न चाहन्न,  र ४.६७ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

व्यापार र अर्थतन्त्र उत्तम नीति

व्यापार र अर्थतन्त्र उत्तम नीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो र नेकपा (माओवादी केन्द्र) दोस्रो र राजावादीहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो पार्टी बन्न पुगेको हो ।

हामीले यसै विषयमा छैटौँ प्रश्न कसको व्यापार र अर्थतन्त्र नीति उत्तम छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ ।जसमा ८.५३ प्रतिशतले नेपाली कांग्रेस, ८.४९ प्रतिशतले नेकपा (एमाले), २४.६९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३४.४५ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ११.६५ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.१९ प्रतिशतले जसपा, ०.८९ प्रतिशतले जनमत, ०.१९ प्रतिशतले नेकपा (एस), ०.१५ प्रतिशतले नागरिक उन्मुक्ति, २.७४ प्रतिशतले स्वतन्त्र, ०.४२ प्रतिशतले अन्य पार्टी, १.४३ प्रतिशतले म भन्न चाहन्न,  र ६.१७ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

राष्ट्रियता र देशको सुरक्षा नीति

हामीले यसै विषयमा सातौँ राष्ट्रियता र देशको सुरक्षामा नीति कसको विश्वास लाग्छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमाजसमा ६.२९ प्रतिशतले नेपाली कांग्रेस, ९.६८ प्रतिशतले नेकपा (एमाले), २५.८९ प्रतिशतले नेकपा (माओवादी केन्द्र),  ३०.९८ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १६.१३ प्रतिशतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), ०.१९ प्रतिशतले जसपा, ०.८९ प्रतिशतले जनमत, ०.१९ प्रतिशतले नेकपा (एस), ०.१२ प्रतिशतले नागरिक उन्मुक्ति, २.८९ प्रतिशतले स्वतन्त्र, ०.३९ प्रतिशतले अन्य पार्टी, ०.९३ प्रतिशतले म भन्न चाहन्न,  र ५.४४ प्रतिशतले कुनै पनि होइन (None Of The Above) प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

अर्को चुनावमा जनताको अभिमत

सनातन हिन्दुधर्मको धरोहर राजवंशलाई हटाएर हाम्रो जस्तो भूवरिवेष्ठित सानो अर्थतन्त्र भएको देशमा अर्थतन्त्रले नै नधान्ने मुलुकमा संघीय गणतन्त्र लादियो । जसले गर्दा तीन तहको सरकारमा हजारौ राजाको जन्म हुनपुग्यो । उनीहरू देश विकास गर्न भन्दापनि संघ, प्रदेश, स्थानीय निकायमा भवन वनाउँन ठूलो रकम खर्च गर्न पुगे । २०४७ को संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भएको बेलासमेत नलिने गरिएको गाडी, घोडा,मोटरसाईकल आदि लिन पुगे । समावेशिताको नाममा संघ र प्रदेशमा हरेक दलका प्रभावशाली व्यक्तिहरूका श्रीमति आफन्त शुभचिन्तकहरूलाई समानुपातिक सांसद बनाउँने काम भयो । देशमा दिन दुई गुणा रात चार गुणा बेथिती र भ्रष्टचार बढेर गयो ।



2913 Views

Comments