गत स्थानीय चुनावमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरको प्रमुखका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ सिर्जना सिंहले चुनावी..." />
चुनावी गठबन्धन प्रति कांग्रेस नेतृ 'सिर्जना सिंह'को असन्तुष्टी

Bhugolpark

२६ श्रावण, २०७९,११:५०

गत स्थानीय चुनावमा सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ महानगरको प्रमुखका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ सिर्जना सिंहले चुनावी तालमेलले अन्योल बढाउने टिप्पणी गर्नुभएको छ ।

नेतृ सिंहले बुधबार ट्विट गर्दै चुनावी तालमेलभन्दा पनि आसन्न संसदीय निर्वाचनमा सबै दल आआफ्ना चुनाव चिह्नबाट लड्नुपर्नेमा जोड दिनुभएको छ । उहाले निर्वाचनपछि बहुमत नपुगे सरकार गठनका लागि गठबन्धन गर्न सकिने पनि उल्लेख गर्नुभएको छ ।उहाले ‘राजनीतिक कुरा गर्न मन लाग्यो। आउँदै गरेको संसदीय चुनावमा आआफ्ना पार्टी आफ्नै चुनाव चिह्न र गठबन्धन नगरी सबैले आआफ्ना उम्मेदवार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दा हुन्छ’, सिंहले ट्वीलेख्नुभएको छ l        


135 Views

Comments