काठमाडौं महानगरपालिका वडा १० स्थित  मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाई युवराज प्रसाई, भूमाफिया इन्द्र कुमार चाम्लिङलगायतले हडपेको सार्वजनिक..." />
मन्त्री 'दिपेन्द्र श्रेष्ठ' भूमाफियाको चैन हराम गर्दै !

Bhugolpark

८ बैशाख, २०८१,०७:४२

काठमाडौं महानगरपालिका वडा १० स्थित  मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाई युवराज प्रसाई, भूमाफिया इन्द्र कुमार चाम्लिङलगायतले हडपेको सार्वजनिक जग्गामा डोजर लगाउन पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ पछिल्लो समय सक्रिय बन्नुभएको छ।

काठमाडौं महानगरपालिका वडा १० धोबीखोला करिडोर देवीनगरस्थित रुद्रमति स्कुलको जग्गा हडपेर मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराजले कम्पाउण्ड तथा दुईवटा सटर हालेका छन् । उनले सरकारी जग्गामा सटर हालेर भाडा खाइरहेको गुनासो आएपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ उक्त स्कुलको जग्गा फिर्ता ल्याउने अभियानमा लाग्नुभएको छ । सरकारी जग्गा हडपेर बनाइएका संरचनामा डोजर लगाउन पर्यटनमन्त्री श्रेष्ठ र मेयर शाह लाग्नुभएको छ । त्यस्तै अनामनगरस्थित अक्सिडेन्टल स्कुल (ओपीएस)ले हडपेको एक रोपनी बढी जग्गा डोजर लगाएर खाली गराउने समेत तयारी भईरहेको छ ।

यसरी असल नियत भयो भने छोटो समयमै महत्वपुर्ण कामहरु गर्न सकिन्छ भन्ने उदाहरण मन्त्री 'दिपेन्द्र श्रेष्ठ' बन्न्नुभेको छ l


Comments