मेयर महर्जनको राजनीतिक यात्रा र विकास

Bhugolpark

१६ आश्विन, २०८०,१४:४९

१४ असोज, ललितपुर । मेयर चिरीबाबु महर्जनको जन्म ललितपुर जिल्लामा साधारण किसान परिवारमा सन् १९५७ डिसेम्बर १ मा भएको थियो । उहाँको बाल्यकाल पुल्चोकमा एकदमै दु:ख कष्टका साथ वितेको थियो । चार वर्षको उमेरमा नै बुबाको निधन भएपछि उहाँ अझ दु:खकष्टका साथ आमाको हेरचाहमा हुर्किनुभएको थियो ।

ललितपुरमा नै प्रारम्भिक शिक्षाको थालनी गरेका मेयर महर्जन धेरै दु:खका साथ ज्याला मजदुरी गरेर कक्षा ६ सम्म पढ्दै गर्दा परिवार ठूलो भएको कारणले पढाइ अगाडि बढन सकेन तर भाग्यबस ज्ञानोदय बालवाटिकाकी संस्थापक श्रीमती ईन्दिरा याक्थुबाले कक्षा १० सम्मको पढाइलाई सहयोग गर्नुभएकाले माध्यमिक शिक्षा लिन भने सहज भएको बताउँनुभयो । सानै उमेरदेखि नै समर्पण र कडा परिश्रमले गर्दा उहाँले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नाकोत्तरसम्मको पढाइ पूरा गर्नुभयो ।

सानै उमेरबाट सामाजिक कार्यमा लगाव र संलग्न हुन मन लाग्ने बताउँदै मेयर महर्जनले लामो समयसम्म सामाजिक कार्य गर्नुभएको थाहा पायौँ । तत्कालीन ललितपुर नगरपालिको वडा नं.०३ को वडा अध्यक्षमा ३ पटकसम्म निर्वाचित भएर जनताको काम गरेर उहाँले विगतमा पनि नगरवासीहरूको मन जित्न सफल हुनुभएको थियो । वडा अध्यक्षको कार्यकालको समयमा नै राजनीतिमा प्रवेश गरेका उहाँ सन् १९८९ बाट नेपाली कांग्रेसको कृयाशील सदस्यता प्राप्त गरेर सक्रिय राजनीतिमा समावेस हुनुभएको थियो ।

मेयर महर्जनले जाति, भाषा, संस्कृतिको संरक्षण र विकास गर्ने संस्था ज्यापु समाजको अध्यक्षको रुपमा लामो समयसम्म काम गर्नुभएको समेत अनुभव छ । ३ पटक वडा अध्यक्षको रुपमा रहदा उहाँले स्थानीय तहका समस्यालाई सम्बोधन गर्दै विभिन्न अभियान थालेको हुनाले नै पहिलो पटक वि.सं. २०७४ को स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिको प्रमुख जस्तो गरिमामय पदमा भारी मतका साथ निर्वाचित हुनुभएको थियो । महानगरपालिकाको प्रमुख भएको समयमा उहाँले जनताको समस्यालाई नजिकबाट वुझेर जनअपेक्षाअनुसार काम गर्नुभएकाले नै वि.सं. २०७९ को स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिको प्रमुखका रुपमा ललितपुरवासीहरूको मन जित्दैँ पुन: निर्वाचित हुनुभयो ।

समसामयिक विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग भूगोल पार्कका समाचारदाता करुण सिंह बराईलीले गरेको कुराकानीका सम्पादित अंश :

भूगोल पार्क : तपाई दोस्रो पटक कसरी ललितपुर महानगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनुभयो ?

मेयर चिरीबाबु महर्जन : म पारदर्शी गर्ने मान्छे हो, कहीले पनि महानगरवासीको लागि कुभलो चिताइन र जहिले पनि जनताको लागि नै भनेर काम गरे । कहिल्यै पनि मेरो लागि भनेर काम नगरेको कारण ललितपुर महानगरवासीले जिताएका हुन ।

भूगोल पार्क : ट्राफिक व्यवस्थापन के कसरी गर्नुभएको छ ?

मेयर चिरीबाबु महर्जन : पहिलो कुरा त के भने हामीले फुतपाथ व्यवस्थापनमा व्यवस्थितीकरण गरेको छौँ । महानगरपालिको क्षेत्र भित्र रहेका फुटपाथ व्यवसायीको लागि भनेर २ घण्टाको समय मिलाएका छौँ । जुन समयमा फुटपाथ व्यवसायीले व्यापार गर्न पाउँने छन् । यो कुराले पनि ट्राफिक व्यवस्थापनमा ठूलो टेवा पुगेको छ । यति मात्र नभएर महानगरका प्रत्येक सडकमा ट्राफिक चिन्हहरू भरपुर मात्रमा प्रयोग गरेको छौँ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा धेरै नै सहज भएको छ । सातदोवाटोमा फ्लाई ओभर निर्माण भैरहेकाले निकट भविष्यमा अझ ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा लिएको छु ।

भूगोल पार्क : वातावरण प्रदूषणमा रोक लगाउँनको लागि ललितपुर महानगरमा के गर्नुभएको छ ?

मेयर चिरीबाबु महर्जन : हामीले मात्र गरेर हुन्न रहेछ । विशेष गरेर काठमाडौँ महानगरपालिको पनि ठूलो भूमिका हुनुपर्छ । हामीले सडक छेउमा रुखबिरुवा रोपेका छौँ भने नदी किनारमा पार्क बनाउँदै त्यहाँ पनि वृक्षारोपन गरेका छौँ । जसले गर्दा कार्वन उत्सर्जनमा कमी हुन गई वातावरण प्रदूषण कम गर्न टेवा पुगेको छ ।

भूगोल पार्क : काठमाडौँ भ्यालीको मेन्स फोरमको अध्यक्ष समेत भएको नाताले के गर्नुभएको छ ?

मेयर चिरीबाबु महर्जन : विषेश गरेर काठमाडौँ र ललितपुर महानगरपालिकामा रहेका प्रत्येक खाली ठाउँमा वृक्षारोपन गरेका छौँ । सडक सफा राख्नको लागि २ ओटा व्रुमर र पानीको लागि गाडीको समेत व्यवस्था गरेका छौँ । यो मात्र नभएर वातावरण प्रदूषणको अर्को फ्याक्टर के भने विशेष गरेर शौचालय रहेको छ । यस कुरालाई मध्यनजर गर्दै हामीले स्मार्ट सार्वजानीक शौचालय निर्माणमा लागेका छौँ । हामी कहाँ महानगरपालिकामा पहिलेनै एरोसान हवसँगको सहकार्यमा २ ओटा स्मार्ट शौचालय सञ्चालनमा छ । हालसालै महानगरपालिकाको प्रत्यक्ष रेखदेख हुने गरी जावलाखेलमा पनि एरोसान हवसँगको सहकार्यमा थप एउटा शौचालय गर्ने सहमति गरेका छौँ । अब हामीले थप २७ ओटा स्मार्ट शौचालय १ वर्ष भित्रमा निर्माण गर्ने कुरा जानकारी तपाईलाई गराउँन चाहन्छु ।

भूगोल पार्क : तपाई नेपालमा मात्र नभएर विदेशका विभिन्न स्थानको भ्रमणमा जानुभएको छ । यसै विषयमा विदेशी स्मार्ट शौचालय र नेपालका शौचालयमा तात्तिक भिन्नता के पाउँनुभयो ?

मेयर चिरीबाबु महर्जन : विदेशमा गएर हेर्दा त्यहाँका शौचालय पनि हाल नेपालमा भएको जस्तै छन् । तर, फरक के छ भने त्यहाँ शौचालय सँगै जोडेर नुहाउँने ठाउँको समेत निर्माण गरेको पायौँ र त्यहाँको शौचालयमा ट्रान्सजेन्डरको लागि विशेष जोड दिएको पाइयो । यहाँ पनि ट्रान्सजेन्डर यानी फरक क्षमता भएका व्यक्तिको लागि काम गर्नुपर्छ । यसै विषयलाई मध्यनजर गर्दै आगामी दिनमा मेरो ध्यान यसतर्फ जानेछ ।

भूगोल पार्क : सम्वन्धित निकायबीच खासै तालमेल भएको देखिन्न । यहाँको चाँही कस्तो खालको सम्वन्ध छ ?

मेयर चिरीबाबु महर्जन : हामीले अन्य महानगरपलिकाहरूसँग एकदमै सहकार्य गर्ने गरेका छौँ । हरेक काममा सम्बन्धित निकायसँग सहकार्य गर्ने गरेको छौँ । तर एउटा कुरा चाँही के कुराको कमी छ भने कुनै पनि काम गर्न लागेको बेलामा हामीसँग उहाँहरूको सहकार्य कम भएको जस्तो महशुस भने गरेको छु ।

भूगोल पार्क : आगामी दिनमा यहाँको योजना के छ ?

मेयर चिरीबाबु महर्जन : आगामी दिनमा योजनालाई बुँदागत रुपमा भन्नुपर्दा ४ वटामा वर्गीकरण गरेको छु :

१ यहाँको सम्पदालाई प्राथमिकतामा राखेका छु ।

२ वातावरण विकासमा विशेष ध्यान दिनेछु ।

३ शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरी रहनेछु ।

४ अर्को खास कुरा के भने उपमहानगरपालिकामा रहेका हिजोको वडाहरू आज महानगरपलिकामा मर्ज भएको छ । त्यस्ता वडाहरूको लागि विशेष प्राथमिकतामा राखेर हामीले वजेट विनियोजन गर्ने गरेका छौँ । यस्ता खालका वडाको लागि अन्य वडाको तुलनामा दोब्बर वजेट विनियोजन गरेका छौँ । यी वडाहरूलाई उन्य वडाको दाँजोमा ल्याउँनको लागि विशेष कामका साथ अघि बढ्ने योजना बनाएको छु ।

भूगोल पार्कको दृष्टिकोणमा सामाजिक सञ्जालमा कमै मात्र देखा पर्ने मेयर महर्जन, मेयर बालेन र हर्क साम्पाङ्ले झैँ सामाजिक सञ्जालमा देखापर्न आफूलाई मन नलाग्ने भन्दै नगरवासीहरूलाई सम्झाइ-बुझाइ गरेर काम गरेको खण्डमा असंभव काम पनि सम्भव हुने बताउँनाले चतुर राज नेता मान्न सकिन्छ । ललितपुर महानगरपालिका भित्रको सम्पदाको कुरा गर्दा सम्पदा संरक्षणमा अत्यन्तै ध्यान दिएको र निर्माण कार्य पनि पूर्णरुपमा समापन भएको पायौँ ।

कतै-कतै मात्र बाँकी होला तर पनि आवश्यक बाँकी काम तत्कालै निर्माण गर्ने कुराको जानकारी हामीलाई गराउँनुभएको छ । उहाँले फ्लाई ओभर छिटो सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गराएको पायौँ । ट्राफिक व्यवस्थापनमा चाँहि एउटा नगरपालिकाले मात्र गरेर हुन्न भन्ने हामीलाई लागेको छ । ललितपुर र काठमाडौँको आपासमा जोडिएको कारणले गर्दा यो कुरा काठमाडौँ महानगरले पनि सहकार्य गर्नुपर्ने टरकारो आवश्यकता देखिन्छ । 

फोहर व्यवस्थापनको कुरा गर्दा ललितपुर महानगरमा मात्रै १२० टन फोहर उत्पादन हुने गरेको पायौँ । उहाँले कन्टेन्जेन्सी प्लान भनेर खाली रहेको जग्गामा खाडल खनेर औषधी प्रयोग गर्ने गरेको बताउँनुभयो । उहाँले फोहर स्टेसन नजिक भएका छरछिमेकलाई पनि असर नपुग्ने गरी फोहोर व्यवस्थापन गरेको पायौँ ।



390 Views

Comments