अब ७० महिनामा नै डिपोजिट दोब्बर हुने मुद्दती खाता आयो

Bhugolpark

१५ चैत्र, २०८०,०९:०१

महालक्ष्मी बैंकले महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता ल्याएको छ। यो ७० महिनामा नै डिपोजिटको दोब्बर हुने छ l जसमा न्यूनतम मौज्दातः रु १०,००० मा नै खाता खोल्न सकिने छ l यो योजना २०७९ साउन महिना भरिको लागि मात्र उपलब्ध हुने बैंकले जनाएको छ l बैंकका अनुसार यो खाता १० हजार रुपैयाँमा खाता खोल्न सकिन्छ। बैंकले ग्राहकलाई उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ। बैंकले देशभर रहेका १ सय ३ वटा शाखामार्फत खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकले वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन भिसा इएमभी चिपमा आधारित ट्राभल कार्ड र डलर कार्ड समेत जारी गरिसकेको छ।

महालक्ष्मी बैंकले ७० महिनामा नै डिपोजिटको दोब्बर हुने मुद्दती खाताको हकमा शर्तहरु लागु हुने जनाएको छ l


182 Views

Comments