असोज १२, काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला मुलपानीमा भूगोल पार्कका समचारदाता करुण सिंह बराईलीले १९औँ एशियाली खेलकुद टी २०-मा नेपालले ७ रेकर्ड बनाएको विषयमा गरिएको संक्षिप्त कुराकानीका अंश :
सम्पूर्ण क्रिकेटप्रेमि दर्शकको विचार कस्तो छ त भनेर वुझ्दा उहाँहरूले भन्नु भएको के छ भने नेपाल पनि कुनै कुरामा कमजोर छैन चाहेमा जे पनि गर्न सक्छ । यदि नेपाल सरकारले नेपालको खेल क्षेत्रमा राम्रोसँग लगानी गरी खेलाडीको लागि हौसला प्रदान हुने खालको काम गरेको खन्डमा नेपाली क्रिकेटमा ठुलो फड्को मार्ने कुरा गरे । नेपालमा राम्रा खेलाडीहरू छन् तर पनि उचित खालको सेवासुविधा नभएको कारण नेपाल छोडेर तेस्रोमुलुकमा काम गर्न जान बाध्य भएका छन् । सरकारले वर्षेनी करोडौँको रकम खेल क्षेत्रमा विनियोजन गरेको छ तर पनि सहि ठाउँमा लगानि नगरेको कारण र खेलकुदको लागि विनियोजन गरेको रकमको चरम भ्रष्टचार हुनाले खेलाडीको हौसला हुन सकेको छैन् ।
अर्को कुरा के भनेका छन् भने नेपाली क्रिकेट खेलाडीले प्रमाणीत पनि गरेको कारण आवश्यक पुर्वधार निर्माणमा जोड दिने हो भने नेपालमा पनि खेल क्षेत्रमा लागेका युवा जमात पनि भौतारीयर कुनैपनि तेस्रो मुलुकमा जानु पर्ने थिएन । आगामी दिनमा नेपाल सरकारको खेल क्षेत्रमा राम्रो लगानी होस् र लागनी भएको रकम राम्रोसँग खेल क्षेत्रमा र खेलाडीले सदुपयोग गर्न पाउँन । यसोभयो भने नेपालमा पनि खेलमा लाग्ने खेलडी र लागि सकेका खेलाडीको हौसला मिल्न पुग्छ र खेलको माध्यमबाटनै नेपाललाई विश्व सामु पुर्याउन सकिन्छ ।
हामीले अको कुरा के पनि भनेका थियौँ भने नेपालले एसिया गेमका के स्वर्ण पदक प्राप्त गर्ला त भन्दा उहाँहरूले नेपालले भारत र पाकिस्तान जस्तो विश्व क्रिकेटको महाशक्ति राष्टहरूसँग नै खेलेर प्रमाणीत गरेको छ अवश्य पनि जित्छ स्वर्ण पदक प्राप्त गर्छन् भनेका छन् ।
Comments