फुटपाथ व्यापारीहरूको पक्षमा एकवद्धता जनाउँदै अभियन्ताहरूको कामनपाप्रति चर्को असन्तुष्टी

Bhugolpark

३ जेष्ठ, २०८१,१६:५९

असोज ९, काठमाडौँ । राष्टिय सभा गृहअगाडि फुटपाथ व्यापारीहरूलाई विकल्प बेगरै उठिबास लगाएको भन्दै नागरिक अभियन्ताहरूले कामनपाप्रति चर्को असन्तुष्टी व्यक्त गरे । उनीहरूले काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले क्रुरता पूर्वक अमानवीय व्यवहार गरेको बताए । उनीहरूले हाम्रो चिनारी क्रुरता कि करुणा ?,गरिब होइन गरिबी हटाऊ, हिजो गरिबको गित गाउँने मानिस किन बन्ठे भयो ? हुँदा खाने वर्गलाई गरिखान देऊ आदि प्रे-कार्ड बोकेका थिए ।

सडक व्यवसायीहरूले रहर नभएर विवषताको कारण फुटपाथ व्यापारी भएको भन्दै सडकमा सामान बेच्यो भन्दैमा दिन दहाडै नगरप्रहरीले ठेलागाडा र सामान लुटपाट गर्नु नगरपालिकाको गुण्डागिरी हो भन्दै नागरिक अभियन्ताहरूले कामनपाप्रति चर्को असन्तुष्टी व्यक्त गरे । उनीहरूले भारत, थाइल्यण्डलगायत अन्य मुलुकमा समय निर्धारण गरेर फुटपाथमा व्यापार व्यवसाय हुने गरेको स्मरण गराउँदै नेपालमा पनि कामनपाले गरिखाने वर्गको रोजि रोटीको ज्ञारेन्टी गर्नको लागि फुटपाथ व्यापारीहरूको माग सम्बोधन गर्नको लागि अविलम्ब वार्ता गरी निकासमा पुग्नुपर्ने बताए ।

कामनपाले दमन गरेर नभइ व्यपारीहरूलाई उचित विकल्प दिदै फुटपाथ व्यापारीहरूको समस्या समाधान गर्नुपर्ने भन्दै अभियन्ताहरूले व्यापारीको पक्षमा स्वतस्फूर्त रुपमा आवाज वुलुन्ध पारेका थिए । सो कुरामा एकवद्धता जनाउँदै कामनपाकी उपमेयर सुनिता डंगोललगायत विभिन्न राजनीतिक दलहरूलेसमेत एकवद्धता जनाएका थिए ।



366 Views

Comments