शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारणसभा तथा अधिवेशन

Bhugolpark

२३ बैशाख, २०८१,१२:०४

असोज १, काठमाडौँ । शंकर देव क्याम्पस पूर्व विद्यार्थी समाज (SDC Alumni) को तेस्रो साधारणसभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । उक्त तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा राजिव कुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आज शंकर देव क्याम्पसमा सम्पन्न साधारणसभाबाट थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित भएको हो । शंकर देव क्याम्पसमा बसेको साधारणसभाले सचिवमा कन्हैया भक्त राजभण्डारी, कोषाध्यक्षमा अन्जना अर्याललाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा शुभराम बस्नेत, प्रकाश महर्जन, अमृत कुमार पन्थी, सन्तोष गुरुङ्ग, रजन के.सी., शिव पाठक, अन्जित खड्का र राजेश पाठक निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा. सजिव कुमार श्रेष्ठले बताएका छन् ।

शंकर देव क्याम्पसमा बसेको साधारणसभाले राजिव कुमार थापाको अध्यक्षतामा सचिव जस्तो गरिमामय पदमा भूगोल पार्कको डाइरेक्टर एवं समाजसेवी कन्हैया भक्त राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएकोमा उहाँ र उहाँको टिमलाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगति तथा समृद्धिको मङ्गलमय शुभकामना ।

उहाँहरूको टिमले विगतमा गर्नुभएको समाजसेवाको अतुलनीय योगदानको कदर गर्दै आगामी दिनमा अझ समाजसेवामा सफलता मिलोस भन्दै भूगोल पार्क परिवार शुभेच्छा प्रकट गर्दछ ।



322 Views

Comments