महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी जेहेन्दार छात्रवृत्ति वितरणमा भागिदार बन्नुहोस् !
भदौ २९, काठमाडौँ । महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्र श्री सन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गनुभएको हो । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।
आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । यस बैंकले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । यो बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको छ । यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
यो बैंकले अव्वल सेवा र सुविधा आफ्ना ग्रहकलाई दिएकाले नै आज विकास बैंकहरूमध्ये अग्रणी स्थानमा पर्न सफल भएको छ । त्यसैले महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी जेहेन्दार छात्रवृत्ति वितरणमा आफू पनि भागिदार बन्नुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।
Comments