डिजिटल प्रणालीमा मनकामना केबलकार रुपान्तरण हुने, स्तरोन्नतिका लागि एक महिनाका सेवा बन्द

Bhugolpark

७ बैशाख, २०८१,१०:४३

मनकामना केबलकारले स्तरोन्नतिका लागि अर्को साता (साउन २३) बाट एक महिनाका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ। एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि आउँदो साता अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिक नेपाल आउन लागेको कम्पनीका संचालक राजेश बाबु श्रेष्ठले बताउनुभयो । आउँदो सोमबारबाट केबलकारबो स्तरोन्नतिका लागि पहिलो चरणको काम सुरु गर्न लागिएको उनले जानकारी दिनुभयो। सेवा बन्द हुने भएपछि यात्रु तथा मनकामना दर्शनका लागि आउने धार्मिक पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै अग्रिम सूचना जारी गरेको छ। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाएको छ। लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि केबलकारको स्तरोन्नति गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो। कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्विल लगायत उपकरण भने साबिककै रहनेछन्। स्तरोन्नतिपछि मनकामना केवलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने दाबी कम्पनीको छ। मनकामना दर्शन प्रालिले मनकामना केबुलकार २४ वर्षअघि संचालनमा ल्याएको थियो। यस केबुलकारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुलाई थप सहज बनाउनका लागि स्तरोन्नति गर्न लागिएको श्रेष्ठले बताउनु भयो ।


183 Views

Comments