दक्षिण एसियाली कराते सिनियर च्याम्पियनसिप आयोजना नोभेम्बर ३० देखि सुरु

Bhugolpark

२४ भाद्र, २०८०,१५:०६

भदौ २४, काठमाडौँ । नेपालले नोभेम्बर ३० देखि डिसेम्बर ३, २०२३ सम्म दक्षिण एसियाली कराते सिनियर च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको छ । एसियाली कराते महासंघ (AKF) द्वारा आयोजित भर्चुअल बैठकद्बारा यस्तो निर्णय भएको हो।

पूर्वदेखि पश्चिम र तराईदेखि हिमालसम्म फैलिएको करातेले नेपालभर व्यक्तिगत फिटनेस खेलको रूपमा निकै लोकप्रियता हासिल गरेको छ । कराते अनुशासनको पर्यायवाची मात्र होइन आत्मरक्षा पनि हो। विभिन्न कराते संघहरूको कुशल व्यवस्थापनको कारणले नेपालमा पछिल्लो समयमा कराते खेलाडीहरूको संख्या उल्लेख्य रुपमा बढदै गएको छ ।

WKF अध्यक्ष एन्टोनियो इस्पानोस, AKF अध्यक्ष जनरल नासार अलराजोपी, AKF EC सदस्य भरत शर्मा, AKF CEO भिन्सेन चेन, र भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंका लगायत SAKF सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू एवं प्रमुख व्यक्तिहरूले करातेका खेलाडीहरूको लागि अतुलनीय योग्दान पुर्याउनुभएको छ ।

यसका साथै, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र एनकेएफका कोषाध्यक्ष किशोर भट्टराईको पनि नोभेम्बर ३० देखि डिसेम्बर ३, २०२३ सम्म दक्षिण एसियाली कराते सिनियर च्याम्पियनसिप आयोजना हुनुमा ठूलो योग्दान रहेको छ ।

उक्त खेललाई नेपाल कराते समुदायका लागि महत्वपूर्ण कोसेढुङ्गाको रूपमा हेरिएको छ । किनभने, NKF लाई भविष्यमा ठूला कार्यक्रमहरू आयोजना गरेर कराते र कराते खेलको माध्यमबाट पर्यटनको विकासलाई प्रोत्साहन गर्ने पर्याप्त अवसर प्रदान गर्दछ । भूगोल पार्कको तर्फबाट सम्बद्ध सबैमा हार्दिक शुभकामना !



326 Views

Comments