संघको दोस्रो साधारणसभाबाट सितोरियो कराते अध्यक्षमा पुन : दावा गुरुङ

Bhugolpark

२३ भाद्र, २०८०,१६:५८

भदौ २३,काठमाडौँ । बाराको निजगढमा भएको नेपाल सितोरियो कराते संघको दोस्रो साधारणसभा तथा महाधिवेशनले अध्यक्षमा दावा गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन चुनिए । सदस्यमा देवकुमार लामा, प्रकाशमोहन धौबडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मिलनराज प्रसाईं, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाईं महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्बा निर्वाचित भए ।

सर्वसम्मत निर्वाचित पदाधिकारीलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपीबहादुर भण्डारी, लोकबहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पद तथा गोपनियताको शपथग्रहण गराए ।

नेपाल सितोरियो कराते संघको नयाँ संशोधित विधान–२०८० अनुरुप २९ सदस्यीय कार्यसमिति रहेको छ । उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सल्लाहकारसहित थप सदस्य मनोनीत गर्ने अधिकार अध्यक्षको रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले जनाए ।

महाधिवेशनको उद्घाटन नेपाल सितोरियो करातेका संस्थापक प्रथम प्रमुख प्रशिक्षक थानेश्वर राईले गरेका थिए ।

बाराको निजगढमा भएको नेपाल सितोरियो कराते संघको दोस्रो साधारणसभा तथा महाधिवेशनबाट निर्वाचित अध्यक्ष दावा गुरुङ एवं अन्य टिमलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ । उहाँहरूको कुशल व्यवस्थापनमा खेलाडीहरूले उच्च आत्मवलका साथ खेल खेली धेरै पदक हासिल गरुन भन्दै शुभेच्छा समेत प्रकट गर्दछौँ ।



281 Views

Comments