महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

Bhugolpark

२८ बैशाख, २०८१,१२:१७

आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी विभिन्न सेवाहरूमा विशेष छुट लिनुहोस् !

 भदौ २० काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।  

 सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

संस्थाको नाम ठेगाना सेवाहरू छुट

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

 महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा लगातार सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकले आफ्ना सेवाग्राहीलाई उच्च प्रतिफल दिन अहोरात्र लागि परेको छ ।

साथै, यस बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले माथि दिएका विभिन्न संस्थामा विशेष छुट पाइने भएकाले आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बन्न भूगोल पार्क आग्रह गर्दछ ।







125 Views

Comments