राजेशबाबु श्रेष्ठ एसियन बडीबिल्डिङको उपाध्यक्षमा चयन

Bhugolpark

१८ भाद्र, २०८०,१०:४७

भदौ १८, काठमाडौं । मनकामना केबलकारका सञ्चालक एवं समाजसेवी राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको हो ।

इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको हो ।

राजेशबाबु श्रेष्ठको उपाध्यक्षमा सबै निर्वाचित सदस्यहरुको कार्यावधि चार वर्षको हुनेछ ।

मनकामना केबलकारका सञ्चालक एवं समाजसेवी राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन हुनुभएकोमा उहाँलाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना ।

उहाँको कार्यकालमा शारीरिक सुगठन तथा फिटनेस क्षेत्रका खेलाडीहरूले विश्वमा खेलको माध्यमबाट विश्वजगतलाई चिनाउँने छन् ।



348 Views

Comments