चट्याङ लागेर दश जनाको मृत्यु

Bhugolpark

१७ भाद्र, २०८०,१५:४४

भुवनेश्वर, १७ भदौ (रासस/एएनआइ) :

उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला क्षेत्रमा चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्युभएको थियो ।



351 Views

Comments