महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

Bhugolpark

१९ बैशाख, २०८१,११:३५

आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी परिष्कृत अनलाइन सेवा लिनुहोस् !

भदौ ११, काठमाडौँ । ग्राहकहरूको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरूलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरूले अनलाइन मार्फत सहजै रुपमा Account Opening, KYC Update, New Debit Card, Mobile Banking, Internet Banking, New Locker and Merchant (QR) Request & Dispute Claim जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरूले उक्त सेवाहरू लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै आइरहेको बैंकले आगामी दिनहरूमा पनि डिजिटल बैंकिङ्गका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।

विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । । त्यसैले आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी परिष्कृत अनलाइन सेवा लिनुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।



218 Views

Comments