भदौ ९, काठमाडौँ । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती..." />
बागमतीमा र्‍याफ्टिङ

Bhugolpark

२१ बैशाख, २०८१,१५:००

भदौ ९, काठमाडौँ । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो ।

नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ । पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए । पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो । कार्यक्रममा सांसद ज्ञानबहादुर शाही, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव दीपेन्द्र पुरुष ढकाललगायत पूर्वसरकारी अधिकारी, पर्यटन व्यवसायी एवं स्थानीयको उल्लेख्य सहभागिता थियो ।

नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।



242 Views

Comments