हवाई डढेलोः एक हजार एक सय जना बेपत्ता

Bhugolpark

६ जेष्ठ, २०८१,१६:१८

लस एन्जलस, ६ भदौ (रासस /एएफपी)

संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ भने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका सङ्घीय जाँच ब्युरो (एफबीआई)ले जनाएको छ । एफबिआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ । एफबिआईले सूचना तथा जानकारी सङ्कलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा शुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो ।



160 Views

Comments