पर्यटनमन्त्री किरातीलाई पितृशोक

Bhugolpark

२२ बैशाख, २०८१,११:२५

भदौ ६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । उनी १४ वर्षदेखि पक्षघातका बिरामी थिए । उहाँको आमाको यसअघि नै देहान्त भइसकेको छ ।

उहाँले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मन्त्री किरातीका बुबाको पार्थिव शरीर हर्कबहादुर राईको इच्छाबमोजिम अन्तिम संस्कारका लागि आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका नेता तथा शुभचिन्तकहरूले मृतक राईको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली व्यक्त गर्दै दिवङ्गत आत्मको चीरशान्तीको कामनासहित हार्दिक श्रद्धान्जली व्यक्तगरेका छन् ।

बिरामी अवस्थामा हर्कबहादुर राईले छोरा सुदन मन्त्री बन्ने भएपछि ‘हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौँ, देश र जनताको पक्षमा राम्रो काम गर्नु’ भनेको संवाद मन्त्री किरातीले सार्वजनिक गरेका थिए ।



244 Views

Comments