श्रीलंकालाई टिम च्याम्पियन उपाधी

Bhugolpark

५ भाद्र, २०८०,११:२८

भदौ ५, काठमाडौँ । ब्याडमिन्टन दक्षिण एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप - २०२३ अन्तरगतको यु–१५ र यु–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधी श्रीलंकाले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यु–१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३–० ले पराजित गर्दै उपाधी हात पार्न सफलभएको हो । श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे । यस्तै नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । यसैगरि केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधीमा श्रीलंकको नाम लेखाउन सफल भए । तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यु–१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पार्न सफलभएको हो । पहिलो सेट बंगालादेशका एस.एस.एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पुर्याए । दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तेश्रो खेलमा पुनः राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्यायो । चौथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो ।

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस.एस.एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै खेललाई ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधी विजेता बनाए ।

तेश्रो स्थानमा भुटान र नेपाल रहे ।

ब्याडमिन्टन दक्षिण एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप - २०२३ अन्तरगतको यु–१५ र यु–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधी जितेको श्रीलंकालाई हार्दिक बधाई साथै नेपाललगायत अन्य देशका खेलाडीहरूलाई पनि उत्कृष्ट खेल खेलेकाले बधाई एवं उत्तरोत्तर प्रगतिको कामना।



245 Views

Comments