कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

Bhugolpark

५ भाद्र, २०८०,११:११

बैठक चलाईरहेका मन्सुरीले मत हालेपछि एमालेको नाराबाजी

भदौ ५, काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापाले हिजो सोमबारको प्रदेश सभाको बैठकबाट विश्वासको मत पाएका छन् । ९३ जना सांसद रहेको कोशी प्रदेशमा हिजोको बैठकमा भने जम्मा ७७ जना सांसदको मात्रै उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री थापाको पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका थिए । मुख्यमन्त्री थापाले विश्वासको मत गरेको हिजोको बैठक सञ्चालन गरेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरेका थिए ।

गत साउन १६ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता थापाले ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो ।

उपसभामुख सिर्जना दनुवार आफैँले बोलाएको बैठकमा अनुपस्थित भई बैठक चलाएने जिम्मा सांसद मन्सुरीलाई दिएर काठमाडौँ गएकी थिइन ।

कोशीका तत्कालिन सभामुख गौतमले उपसभामुखलाई सहयोगका लागि भन्दै पुस २६ मा कांग्रेसका मन्सुरीसहित एमालेकी मालतीकुमारी लिम्बू, माओवादीकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्टलाई अध्यक्षमण्डलको गठन गरेका थिए

ज्येष्ठ सदस्यको हैसियतले मन्सुरीले प्रदेश सभाको बैठक चलाए र मतदानमा सहभागिता जनाउँनका लागि अध्यक्षमण्डलकी माओवादीकी गीता तिम्सिनालाई मतदान अवधिभर बैठक सञ्चालनको जिम्मा दिएका थिए ।

बैठक चलाईरहेका मन्सुरीले मत हालेर कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरेकाले एमाले पुन : अदालत जाने बताइरहेको छ । केही अधिवक्ताहरूले समेत बैठक सञ्चालन गर्ने व्यक्तिले दुवैतर्फ वरावरी मत भएमा मात्रै निर्णायक मत दिन पाएने भएकोले असंवैधानीक हुने जिकिर गरेका छन् भने अर्काथरी वकिलहरू भने उक्त नियम सभामुख र उपसभामुखको हकमा मात्रै लागु हुने भन्दै संवैधानिक भएको जिकिर गरेका छन् ।

यसअघि तत्कालिन सभामुख बाबुराम गौतमसमेतको समर्थनमा पहिलो पटक असार २१ मा थापा मुख्यमन्त्रीमा थापा नियुक्त भएका थिए ।

असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्तिलाई बदर गरेको थियो । देशको विषम परिस्थिति श्रृजना नहोस् भनेर सभामुख गौतमले पदबाट राजिनामा उपसभामुखलाई दिएर थापाको पक्षमा हस्ताक्षर गरेपछि साउन १६ गते थापा पुन : मुख्यमन्त्रीमा थापा नियुक्त भएका थिए ।



311 Views

Comments