इङ्ग्ल्यान्डलाईं हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

Bhugolpark

१५ बैशाख, २०८१,१०:५७

भदौ ४ काठमाडौं । इङ्ग्ल्यान्डलाईं १- ० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

पहिलो हाफदेखि नै इङ्ग्ल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै अन्तत निर्णायक भयो । स्पेनका लागि कप्तान ओल्गा कारमोनाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन ।

खेलको १६ औं मिनेटमा इङ्ग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्ग्ल्यान्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन ।

स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इङ्ग्ल्यान्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन । तर पनि उनले टिमलाई उपाधि जिताउन भने सकिनन् ।

यो हारसँगै गत वर्ष युरो कप विजेता इङ्ग्ल्यान्ड विश्वकप जितेर अर्को कीर्तिमान बनाउनबाट चुकेको छ ।

स्पेन महिला विश्वकप फूटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापनले १- १ पटक विश्वकप जितेका छन् ।

स्पेन महिला र पुरुष दुवै फूटबलमा विश्वकप जित्ने दोस्रो टोली पनि बनेको छ । यसअघि जर्मनको दुवै टिमले फूटबलमा विश्वकप जितिसकेका छन् ।



137 Views

Comments