प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

Bhugolpark

१६ बैशाख, २०८१,१५:४२

भदौ ३, काठमाडौँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।



185 Views

Comments