मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सको विजेता खुशी कार्की

Bhugolpark

१६ बैशाख, २०८१,१२:०९

भदौ ३ गोदावरी । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको सुरस्कार राखिएको गायन प्रतियोगितामामेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को पपाधि खुशी कार्की (थाइल्यान्ड) ले हात पारेका छन् ।

त्यसैगरी  मेरो भ्वाइस युनिभर्स’ को फस्ट रनरअप शिशिर ठटाल (भारत) र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप देवी गर्वुजा( बेल्जियम)ले हात पारेका छन् । ती प्रतियोगिताको हिजो भएको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) मा अन्तिम पाँच पाँच प्रतियोगिताबाट उनीहरू छानिएका हुन । उनीहरू दर्शक तथा स्रोताका मतबाट छानिएका हुन ।

मेरो भ्वाइस युनिभर्स’ को सेकेन्ड रनरअपमा शरद हुमगाईँ (नेपाल) र थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअपमा साईराज खाती (भारत) का भएका थिए । त्यस्तै नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’का सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत) र थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लीङ मगर (नेपाल) का भएका थिए ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख, सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख, र फोर्थ रनरअपले ५ लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको थियो । सो समूहले रु २० लाख पुरस्कार प्रप्त गरेको थियो । फस्ट रनरअपमा नृत्यकला प्रतिष्ठान धरानले १० लाख र सेकेन्ड रनरअफमा भारती कल्चर ग्रुप (भारत) ले पाँच लाख प्राप्त गरेको थियो ।



172 Views

Comments