महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई हराउँदै स्विडेन बन्यो तेस्रो

Bhugolpark

१८ बैशाख, २०८१,१०:४०

भदौ ३ काठमाडौं । अष्ट्रेलियालाई हराउँदै स्विडेन महिला विश्वकप फुटवलमा तेस्स्रो भएको छ । शनिवार तेस्रो स्थानका लागि भएको खेलमा स्विडे २ -० ले विजयी भएको हो ।

पहिलो हाफमा क्लेर हन्टले स्टिना ब्लाकस्टेनसलाई लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो । जसलाई ३० औं मिनेटमा फ्रिडोलिना रोल्फोनाले गोलमा परिणत गर्दै टोलिलाई अग्रता दिलाएकी थिइन । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्विडेनको जित सुनसश्चित गरेकी थिइन ।

अष्ट्रेलियाले खेलमा फर्कन थुप्रै प्रयास गरे तापनि सफल हुन सकेन । हारपछि आयोजक राष्ट्र अष्ट्रेलियाले भने महिला विश्वकप फुटबलको चौथो स्थानमा चित्त बुझाएको छ ।

उपाधिका लागि स्पेन र इङ्ग्ल्यान्डले आज आइतबार भिड्ने छन् ।


189 Views

Comments