फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंह स्नाकोत्तर अध्ययनका लागि सोल जाने

Bhugolpark

३१ श्रावण, २०८०,१७:११

साउन ३१, काठमाडौं । काठमाडौं फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक समारोहबीच उनको बिदाइ गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए ।

सिंह कमिटीको सिफारिसमा यस अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी) ले छनोट गरेको हो । स्नाकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।

भूगोल पार्कको तर्फबाट ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत स्नाकोत्तर अध्ययनका लागि सोल जानुहुने काठमाडौं फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंहलाई हार्दिक बधाई एवं अध्ययन सफलताको शुभकामना ।


246 Views

Comments