आजै BFIN L & D Excellence Award – 2023 (गोल्ड श्रेणी) बाट सम्मानित महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी विभिन्न सेवाहरूमा विशेष छुट लिनुहोस् !
साउन ३१ काठमाडौं । कर्मचारिलाई उत्कृष्ट, गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने L & D Excellence Award – 2023 बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख श्री विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।
महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा लगातार सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैले आजै BFIN L & D Excellence Award – 2023 (गोल्ड श्रेणी) बाट सम्मानित महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी विभिन्न सेवाहरूमा विशेष छुट लिनुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।
Comments