स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फाइनलमा

Bhugolpark

३० श्रावण, २०८०,१६:५३

साउन ३० काठमाडौँ । स्विडेनलाई २ - १ ले पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फाइनलमा प्रवेश गरेको छ ।

खेलको ८१ औं मिनेटमा स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले सुरुमा गोल गरेकी थिएन् भने ८८ औं मिनेटमा स्विडेनकी लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन ।

तर त्यसको एक मिनेट पनि नबित्दै ८९ औं मिनेटमा स्पेनकी ओगोला कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टमा दिशा दिइन । उनीले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको थियो ।

त्यसपछि दुवैले थप गोल गर्न नसकेपछि स्विडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फाइनलमा प्रवेश गरेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ । अष्ट्रेलिया वा इङ्ल्यान्डबीचको खेल भोलि हुँदैछ ।


207 Views

Comments