'नेपाल भ्रमण दशक' सन् २०२३-२०३३

Bhugolpark

७ बैशाख, २०८१,०९:३३

८ सवान २०७९   प्राकृतिक सौन्दर्यताले हराभरा, भरिपुर्ण घुमफिर गर्दा सोर्गमय आनन्द आउने नेपाललाई सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने भएको छ ।

प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषण समेत मन्त्रालयले गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय गरेका थिए । सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ । यसरी सरकारले निर्णय गरे अनुसार सो निर्णय कार्यन्वयन गरेमा अर्थतन्त्रमा निकै सुधार हुने तथा स्वदेशमै रोजगारका विभिन्न अवसरहरु सिर्जना हुने देखिन्छ l


122 Views

Comments