एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्र राज श्रेष्ठ नियुक्त

Bhugolpark

७ बैशाख, २०८१,१६:५३

साउन २८, काठमाडौँ । साउदी अरेबियाका राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिज सन् २०२३ को जुन २३ मा जापानमा भएको चुनावी साधारण सभाबाट अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गतको कार्यकारी कार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् ।

यस्तै वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका अध्यक्ष समेत हुन् । चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठक सन् २०२३ को अगस्ट ५ मा रियादमा बसेको थियो र त्यसमा अध्यक्ष अल्दुल अजिजले निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनको अध्यक्षका सिनियर सल्लाहरमा नियुक्त गरेका छन् ।

श्रेष्ठ नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव हुन् । यस्तै उनी विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

भूगोल पार्कको तर्फबाट एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा निलेन्द्र राज श्रेष्ठ नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई एवं उहाँको कार्यकालमा एसिया ट्रायथलनले उल्लेख्य रुपमा फडको मार्ने विश्वास गरिएको छ ।



106 Views

Comments