महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

Bhugolpark

२८ श्रावण, २०८०,१४:११

आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट लिनुहोस् !

साउन २८, काठमाडौं । यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ ।  

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकहरूले वीरगन्ज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित Hotel Quick – 20 & River Side Pvt. Ltd.  का सेवाहरूमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltd का सेवाहरूमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित Nisarg Hospital Pvt. Ltd का सेवाहरूमा अधिकतम २०%, हेटौडा मकवानपुरमा अवस्थित Vishuddha Momocha का सेवाहरूमा १०%, र भरतपुर चितवनमा अवस्थित Kabilash Resort and Funpark का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा लगातार सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैले आजै महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट लिनुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।



247 Views

Comments