६ साउन
नागरिकता विधेयकले समटेका तीन मुख्य विषय

Bhugolpark

७ बैशाख, २०८१,०७:१७

६ साउन, काठमाडौं । 

सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयकले मुख्यतः तीन वटा विषयलाई सम्बोधन गर्न खोजेको छ । 

१. जन्मको आधारमा नागरिकता- नेपाल सरकारले जन्मका आधारमा नागरिकता २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिले गरेको थियो । उनीहरुका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् । फास्ट ट्रयाकमा पारित गर्न लागिएको नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेको छ ।

२. आमाको नामबाट नागरिकता- नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधान अनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । प्रस्तावित विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । 

३. गैरआवासीय नेपालीलाई नागरिकता- ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा नै गैरआवासीय नेपालीहरुले लगाए । उनीहरुको यही मागलाई सम्बोधन गर्ने विषय प्रस्तावित विधेयकमा छ ।


89 Views

Comments