५४औं एसियन शारीरिक सुगठन प्रतियोगितामा नेपाल

Bhugolpark

१४ चैत्र, २०८०,११:०९

 

५४औं एसियन शारीरिक सुगठन प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गत फिटनेस फीजिकका प्रतिस्पर्धी राजु राईले तेस्रो स्थान हासिल गरेका हुन्।

राईले १ सय ७० सेन्टिमिटर भन्दा कम उचाइ समूहमा तृतीय स्थान हासिल गरेका हुन्। नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले पनि बुधबार नेपालका लागि रजतपदक जित्न सफल भएका छन् । उनले ८० किलो तौल समूहमा रजतपदक प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई ‘डिस्टिङ्गुइस्ड अवार्ड’ बाट सम्मानित गरिएको छ।अन्तर्राष्ट्रिय क्षेत्रमा शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएकाे भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो।

नेपाल शारीरिक सुगठन संघ र एशियाली शारीरिक सुगठन महासंघ (ABBF) ले सेप्टेम्बर २०२३ मा काठमाडौंनेपालमा ५५औं एसियाली च्याम्पियनसिप आयोजना गर्न औपचारिक रूपमा एमओयूमा हस्ताक्षर गरेको छ । एबिबिएफका अध्यक्ष दातुक पल चुआसँग एक छोटो कार्यक्रमको बीचमा एमओयू आदानप्रदान गरिएको थियो । अध्यक्ष राजेश बाबुले राष्ट्रिय वीरहरुलाई प्रोत्साहन गर्न आफूले व्यक्तिगत रुपमा  रु.१५०,००० रजत पदक र रु.७५,००० कास्य पदक विजेतालाई प्रदान गरिने जानकारी दिएका छन् l 

 

 

 

 

 

 


Comments