रविले सुरु गरे १०० दिनमा जनतासँग गरेको वाचा

Bhugolpark

१७ श्रावण, २०८०,१४:४७

चितवन-२ मा महिलाहरूका लागि नि : शुल्क बस सेवा सुरु, १०० जनालाईं रोगगारि दिन भन्दै आवेदन खुला ।

साउन १७,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा निर्वाचनताका बाचा गरेका कुरालाईं १ सय दिन पुगेको अवसरमा विभिन्न जनहितको काम आजबाट सुरु गरेका छन् ।

बिहान साढे १० बजेतिर भरतपुरको सिजी ल्याण्डमार्कस्थित सिनेप्लेक्सका दुई वटा सिनेमा हलहरू खचाखच थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हलको भुइँमा थचक्क बसे। त्यसपछि पर्दामा देखिए उनै लामिछाने ।

उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए । घडा राखेर सजाइएको पानसमा बत्ती बालेर सचिवालय उद्घाटन गरेपछि उनले निर्वाचनको समयमा ‘नेपालमै रोजगारीको अवसर छ’ भनेर रोकिएका आईटी विज्ञ हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को परिचयपत्र लगाइदिएका थिए ।

महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरू बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरूले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।

साथै, विपन्नहरुका लागि पाँच लाख बराबरको उपचार बिमाको घोषणा पनि उनले गरेका छन् । तर, विपन्नहरुको संख्या कति हो र एक वर्षमा बिमाले कति मानिसहरुलाई समेट्न सक्छ भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

उनले दुईवटा विद्यालयलाई प्रविधिसहितको नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन् ।

हरेक निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूले रास्वपा अध्यक्ष रवि लामिछानेलेझैँ निर्वाचन ताका जनतासामु गरेको प्रतिज्ञा भनौँ वा कवुल नामा पारदर्शी तवरले पूरा गर्दैँ जाने होभने पक्कै पनि नयाँ नेपाल बनाउँने जगको थालनी हुने छ भन्दै भूगोल पार्क परिवार उनले आज सुरु गरेका काम र घोषणा गरेका कामको मुक्तकण्ठले प्रशंसा गर्दछ ।




282 Views

Comments