नेपालमा ७६१ वटा सरकारद्वारा कर असुली

Bhugolpark

१६ श्रावण, २०८०,१५:०५

साउन १६, काठमाडौँ । नेपालमा ७६१ वटा सरकार छन् । यी सबैको काम कसले के व्यापार, उद्योग, उद्यम,उत्पादन गर्छ, सुँघेर, ढुकेर बस्ने र कर लगाईहाल्ने छ । व्यापारी, उद्यमी र जनतालाई कुनै सहजीकरण नगर्ने तर उपरखुट्टी लगाएर कर असुल्ने र त्यो राजश्व आफ्नो मोजमस्तीमा खर्च गर्ने । यस्तोमा कुनै असली स्वदेशी वा विदेशी लगानी देशमा आउने कुरै भएन, भएका नभागी सुखै छैन।

कोही लगानी गर्छ भने नेता र कर्मचारीलाई किने रै आउँछ र उसले पटक पटक फेरि दुःख देला भनेर सधैँ नजराना चढाईरहन्छ। नत्र कम्पनी नविकरण नै गरिदिँदैनन्। व्यापारी भनेको दान गर्न आएका हुँदैनन्, पेशा हो, मुनाफा लिन्छन् । जुन तह वा कार्यालयमा भए पनि घुसैघुस, कमिशनै कमिशन, करैकर तिर्दै जानपरेपछि, भाउ आकासिने नै भयो। त्यस्तोमा तस्करी गरेर आयात गर्दा सबैलाई सस्तो पर्ने नै भयो। तस्करी गरेपछि नेता र कर्मचारीलाई पनि आनन्दले कमाई हुने नै भयो। उद्यम उद्योग उत्पादन गरेर सरकारी दमन भोग्नै परेन । नेपालको अर्थतन्त्र यसरी नै चल्दै आएको छ, लोकतन्त्रमा ।

दलहरूले भन्दै गरेको “भ्रष्टचारमा शुन्य शहनशीलता”को नारालाईं चरितार्थ गर्ने हो भने सरकारमा गएका हरेक दलहरूले सबै भ्रष्टचारीहरूलाईं कानुनको कठघरामा उभ्याउँन निर्मम छानविन गर्ने हिम्मत राख्नुपर्छ । अन्यथा सरकारमा सहभागी दलहरूको विकल्प जनताले खोज्ने देखिन्छ ।

स्रोत : भीम उपाद्ययको फेसबुक पेज ।



216 Views

Comments