कांग्रेसको सिको गर्दै माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

Bhugolpark

१५ श्रावण, २०८०,११:३३

साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए ।

बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ । बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए ।

बैठक १७ देखि २१ गतेसम्म चल्नेछ ।

बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड'लाई जिम्मा दिइएको महासचिव गुरूङले बताए ।

अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ । 

यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो । 



300 Views

Comments