अन्तराष्ट्रिय,
श्रीलंकाको नयाँ राष्ट्रपति रनिल विक्रमासिंघे

Bhugolpark

११ बैशाख, २०८१,०९:४७

अन्तराष्ट्रिय, साउन ४, २०२२

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। विक्रमासिंघेले १३४ मत पाएर राष्ट्रपति बनेका हुन् । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका छन् ।

श्रीलंकाको संसदमा २२५ सदस्य छन्। तीमध्ये श्रोतका अनुसार २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको भनि बताएका छन् । श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो। कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ। अहिले श्रीलंकामा विक्रमासिंघेलाई राष्ट्रपति स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने प्रश्न छ। किन भने  प्रदर्शनकारीहरूले विक्रमासिंघेलाई राष्ट्रपति बनाउन नहुने भन्दै प्रदर्शन गरिरहेका छन्। 


146 Views

Comments